७ जेष्ठ २०८१, सोमबार

एक हजार ५० लाभग्राही थपिए


Nepalpatra

१६ साउन, भक्तपुर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको पुनःजाँच एवं सर्वेक्षणबाट भक्तपुरमा लाभग्राही सूचीमा एक हजार ५० लाभग्राहीको नाम थप भएर आएको छ ।

लाभग्राहीको सूचीमा नपरेका र वास्तविक भूकम्पपीडित नछुटुन् भनेर प्राधिकरणले गुनासो फारमका आधारमा पुनःजाँच एवं सर्वेक्षण गराउँदा थपिएको नाम सहित अब जिल्लामा २८ हजार ३०२ लाभग्राही संख्या पुगेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जीएमएएलआई) भक्तपुरका प्रमुख ध्रुव गंैडाले भक्तपुरमा २७ हजार ६४४ लाभग्राही रहेकोमा जिल्लाको चारै नगरपालिकामा प्राविधिक टोलीले २०७४ भदौ छुट पुन ःजाँच एवं सर्वेक्षण गर्दा ६५८ र प्रवलीकरणमा ३९२ गरी एक हजार ५० लाभग्राही थपिएको बताउनुभयो ।

लाभग्राहीमा नाम थप भएकामध्ये भक्तपुर नगरपालिकामा १३७, सूर्यविनायकमा २०४, मध्यपुर थिमिमा ३३ र चाँगुनारायणमा २८७, लाभग्राहीको नाम छुट सर्भे तथा पुनःजाँचबाट थपिएको हो ।

प्राधिकरणले भने २३ हजार ५६६ लाभग्राहीले पुनःनिर्माणका लागि अनुदान सम्झौता गरेर अनुदानको पहिलो किस्ता लगेका छन् । त्यसको दाँजोमा दोस्रो किस्ता लानेमा चार हजार ३३८ र तेस्रो किस्ता लानेमा तीन हजार ७२९ लाभग्राही छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !