१८ असार २०८१, मंगलबार

सरकारले रासन कार्ड उपलब्ध गराउने योजनातर्जुमा गर्दै


ministry supply department

१६ असार, २०७३:- सरकारले गरीब घरपरिवारलाई रासन कार्ड उपलब्ध गराउने योजना बनाएको छ । आपूर्ति मन्त्रालयले यसै विषयमा अध्ययन गर्न एक समिति बनाउने तयारी गरेको छ ।

गरीब घर परिवारलाई अहिलेसम्म सरकारी तबरबाट कुनै विशेष सुविधा दिइएको छैन । जुनसुकै वर्गका परिवारलाई समान नीति र व्यवस्था गरे अघि बढ्दा गरीब झन् गरीब हुने र धनीको धन बढ्दै जाने अवस्था देखिएको छ ।

झन विभिन्न पहाडी तथा हिमाली जिल्लामा समय-समयमा खाद्य संकट उत्पन्न हुने गरेका कारण विपन्न वर्गका नागरिको जनजीवन निकै कष्टकर बनेको छ ।

त्यसैलाई मध्यनजर गर्दै गरीब घरपरिवारलाई सहुलियत दरमा खाद्यनन उपलब्ध गराउने गरी रासन कार्डको व्यवस्था गर्न लागेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

रासन कार्डका लागि गर्नुपर्ने तयारी र लिनुपर्ने नीतिबारे सरकारले औपचारिक रुपमा अध्ययन गर्न लागेको मन्त्रालयका निमित्त सचिव तथा प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिए ।

वास्तविक गरीबसमक्ष सहुलियत मूल्यमा खाद्यान्न र उपभोग्य वस्तुको सुविधा पुर्‍याउने लगायतका विषयमा अध्ययन समिति बनाउने गृहकार्य अन्तिम चरणमा पुगेको उनले बताए ।

‘हामीले अहिलेसम्म रासन कार्डको अभ्यासका लागि कुनै काम गरेकै छैनौं । कस्ता नीतिगत तथा प्राविधिक तयारी आवश्यक पर्छ भन्नेबारे अन्यौल छ’ रेग्मीले भने- ‘त्यसैले पहिलो चरणमा सरकार कसरी अघि बढ्दा उपयुक्त हुन्छ भनेर अध्ययन हुनेछ । त्यसपछि अन्य प्रक्रियाहरु अघि बढ्ने छन् ।’

अध्ययन समितिमा आपूर्ति अधिकारी, उपभोक्ता अधिकारकर्मी लगायत सम्बन्धिक निकाय र क्षेत्रका विज्ञहरुलाई सहभागी गराइने प्रवक्ता रेग्मीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !