७ जेष्ठ २०८१, सोमबार

भारत भन्छ, नेपालमा सबस्टेसन क्षमता र बिजुली महसुल बढाउनु पर्ने


High-Tension-Wire

१५ असार २०७३:- नयाँदिल्लीमा सोमबार सम्पन्न दुई देशका ऊर्चा सचिवस्तरीय बैठकमा भारतले वर्तमान दरमा पुनरावलोकनको प्रस्ताव राखेको सहभागी नेपाली अधिकारीहरूले जानकारी दिएका छन् । तर कति बढाउन चाहेको भन्ने सम्बन्धमा भने भारतले स्पष्ट पारेको छैन ।बैठकमा सहभागी नेपाल विद्युत् प्राधिरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले भारतले मूल्य हेरफेर गर्न प्रस्ताव राखेको र त्यसमा सम्बन्धित निकाय बसेर गृहकार्य गर्ने जानकारी दिए

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनबाट ८० मेगावाट बिजुली आयात गर्ने सहमतिको म्याद जुलाईमा सकिने भएकाले त्यसलाई डिसेम्बरसम्म बढाउन दुवै पक्ष सहमत भएका छन् । यो अन्तरदेशीय प्रसारण लाइनबाट थप १ सय २० मेगावाट बिजुली दिन भारत यसअघि नै सहमत भइसकेको छ । काफ्लेका अनुसार बैठकमा भारतीय ऊर्जा सचिवले भविष्यमा थप बिजुली दिन सकिने तर त्यसका लागि नेपालले आवश्यक पूर्वाधार बनाउनुपर्ने बताएका थिए ।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट नेपालले अहिले ८० मेगावाट बिजुली किनिरहेको छ । त्यसका लागि प्रतियुनिट ३ रुपयाँ ४४ भारु (नेपाली ५ रुपैयाँ ५० पैसा) तिरिरहेको छ ।

थप बिजुली ल्याउन सबस्टेसन क्षमता विस्तार गर्नु आवश्यक छ । आगामी डिसेम्बरसम्म सबस्टेसन निर्माण गरेर १ सय २० मेगावाट बिजुली आगामी हिउँदको समस्यालाई सम्बोधन गर्न ल्याउने तयारी नेपाली पक्षको छ । बैठकले अन्तरदेशीय प्रसारण लाइनको गुरुयोजनालाई सैद्धान्तिक रूपमा स्वीकृति दिएको छ । उक्त योजनाअनुसार सन् २०३५ सम्मको ऊर्जा व्यापारलाई दृष्टिगत गरेर विभिन्न एघार ठाउँमा प्रसारण लाइनहरू बनाइने छ । काफ्लेका अनुसार दुवै देशका अधिकारीहरूले यो गुरुयोजनाका थप काम गर्ने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !