४ जेष्ठ २०८१, शुक्रबार

ट्रर्कीको विमानस्थलमा अात्मघाति बम आक्रमण,३६ को मृत्यु, १०० भन्दा बढि घाइते


turkey

१५ असार, २०७३:- टर्कीको इस्तानबुलको अतातुर्क विमानस्थममा आत्मघाती बम आक्रमण भएको छ । आक्रमणमा ३६ जनाको मृत्यु भएको छ भने एक सय हाराहारी मानिस घाइते भएको बीबीसीले जनाएको छ ।
हमालाकारीले अन्तराष्ट्रिय टर्मिनल नजिक विस्फोट गराएका थिए । आत्मधाती आक्रमणसहित कालशनिकोव राइफबाट गोली पनि चलाएका थिए्।
अहिले विमानस्थल बन्द गरिएको छ । र, सबै मानिसहरुलाई विमानस्थलबाट टाढाँ जान भनिएको छ । घाइतेहरुलाई ट्याक्सी एवं एम्बुलेन्सको सहायतामा अस्पताल लगिएको थियो ।

सरकार एवं कुर्द चरमपन्थीबीच गत साल संघर्ष विराम सकिएसँग टर्कीमा थुप्रै बम विस्फोट भएका छन् । अहिले सम्म घटनाको कसैले पनि जिम्मेवारी लिएका छैनन । कुर्द पृथकतावादी वा इस्लामिक स्टेटले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !