८ जेष्ठ २०८१, मंगलबार

सरकारबाट मधेस अान्दोलनका पिडितसहयोगार्थ ६ करोड भन्दा बढि निकाशा


madesh-andolan

१४ असार, २०७३- तराई–मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिका परिवार र घाइतेलाई सरकारले अहिलेसम्म ६ करोड रुपैयाँभन्दा बढी उपलब्ध गराइसकेको छ ।

मधेस आन्दोलन र सीमांकन विवादका कारण मुलुकका विभिन्न ठाउँमा भएका झडपमा मारिएका व्यक्तिका आश्रितलाई सहिद परिवारसरह १०/१० लाख रुपैयाँ दिने र सबै घाइतेको उपचार खर्च बेहोर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले सम्बद्ध सबै जिल्ला प्रशासन कार्यालयमा रकम निकासा गरिसकेको छ । अधिकांश आश्रित परिवारले रकम बुझिसकेका छन् ।

गृह मन्त्रालयका अनुसार ४४ आन्दोलनकारीका परिवारलाई राहत दिन रकम निकासा भइसकेको छ । ४४ मध्ये ४० जना मधेस आन्दोलनमा मारिएका हुन् भने ४ जना जुम्ला र सुर्खेतको आन्दोलनमा । मधेस आन्दोलनमा मारिएका ४० मध्ये ३७ जनाका परिवारलाई १०/१० लाख रुपैयाँ निकासा गरिएको र तीन जनाका परिवारलाई ५/५ लाख रुपैयाँ उपलब्ध गराइसकेको मन्त्रालयले जनाएको छ । जुम्ला र सुर्खेत आन्दोलनमा मारिएका ४ जनाको परिवारलाई पनि १०/१० लाख रुपैयाँ राहत दिइसकेको गृहले जनाएको छ ।

मन्त्रालयका अनुसार आन्दोलनकारी मृतकका परिवारका लागि मात्र कुल ४ करोड २५ लाख रुपैयाँ निकासा गरिसकिएको छ । कैलाली, नवलपरासी, बर्दिया र महोत्तरीको आन्दोलनका क्रममा मारिएका ११ प्रहरीका आश्रित परिवारले समेत राहत रकम पाइसकेका छन् ।

उनीहरूलाई पनि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत १०/१० लाख रुपैयाँ दिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मृतक प्रहरीका परिवारलाई प्रहरी कल्याण कोषबाट १३ लाख २५ हजारका दरले थप राहत रकम प्रदान गरेको छ । मृतक प्रहरीका हरेक परिवारले सरकार र कोषबाट गरी कुल २३ लाख २५ हजार रुपैयाँ राहत प्राप्त गरेका छन् ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत पहिचान भएका घाइते र तिनका कुरुवाको खर्चसमेत भुक्तानी गरिरहेको छ । मन्त्रालयका अनुसार १९ घाइतेका लागि ३१ लाख १७ हजार ५ सय ६१ रुपैयाँ निकासा भइसकेको छ । १९ मध्ये १३ जनाले भुक्तानी लिइसकेका छन् । ६ घाइतेको उपचार खर्च भुक्तानी हुन बाँकी छ । १९ घाइतेका कुरुवाको २२ हजार ८ सय रुपैयाँ बराबारको खर्च पनि सरकारले तिरिदिएको छ ।
क–कसको नाममा भयो पैसा निकासा ?

१० लाख पाउने :
१. यामबहादुर बीसी, सुर्खेत
२. गोपालसिंह रजवार, सुुर्खेत
३. टीकाराम गौतम, सुर्खेत
४. राजेन्द्रकुमार राउत, सप्तरी
५. हरिबहादुर कुँवर, जुम्ला
६. टेकबहादुर साउद, मनुवा–२ कैलाली
७. राजकिशोर ठाकुर, मठिया–६ रौतहट
८. दुर्गेश यादव, कम्हरिया–३ रूपेन्देही
९. दिलीपकुमार चौरसिया, मनियारी–६ पर्सा
१०. धर्मराज सिंह राजपुत, भवानीपुर–५ पर्सा
११. दीनानाथ साह गोड, पसौनी–५ बारा
१२. जयप्रकाश साह (भोला साह), पसौनी–८ बारा
१३. सोहनप्रसाद गुप्ता, तेलकुँवा बारा
१४. हिफाजत मियाँ, कलैया नगरपालिका–१० बारा
१५. करण सिंह, नौबस्ता–२ बाँके
१६. रविलाल गुरुङ, तार्कुघाट–१ लमजुङ
१७. रामकृष्ण राउत, पोर्ताहा–१ सप्तरी
१८. रामविवेक यादव, महोत्तरी–५
१९. रोहन चौधरी, जलेश्वर–७ महोत्तरी
२० मसुवा भन्ने अमित कापर, जलेश्वर–७ महोत्तरी
२१. रामशिलादेवी मण्डल, हात्तीलेट महोत्तरी
२२. गणेश चौधरी, जलेश्वर–७ महोत्तरी
२३. सञ्जय चौधरी, छिनेश्वरनाथ–५ धुनषा
२४. निकु यादव, गोपालपुर–२ घनुषा
२५. दिलीप यादव, सिनुरजोडा–४ धनुषा
२६. कुन्दनकुमार पटेल गोनाहा–७ रूपन्देही
२७. विनोद लाकोल, गोनाहा–६ रूपन्देही
२८ राजकुमार बराई, गोनाहा–६ रूपन्देही
२९. रञ्जना सिंह, सिलौटिया–८ रूपन्देही
३०. रोशन दुरा, तनहुँ
३१. वीरेन्द्र विच्छा, पिगौना–४ महोत्तरी
३२. शत्रुधन राउत, कुर्मी
३३. नन्दनी पाण्डे, रूपन्देही
३४. सोमती मुराउ, रूपन्देही
३५. नागेश्वर यादव, जमुनी मध्यपुरा–९ रूपन्देही
३६. वीरेन्द्र राम, डढा–७ सप्तरी
३७. दिपिल राह, राजविराज–१ सप्तरी
३८. शम्शतबरेज, रौतहट
३९. द्रोपदीदेवी चौधरी, रंगेली–४ मोरङ
४०. महादेव ऋषिदेव, बरडंगा–२ मोरङ
४१. शिवु माझी, डाइनियाँ–९ मोरङ

५ लाख पाउने :
१. रामेश्वर पासी, बोदवार–३ रूपन्देही
२. चिन्कु चौधरी, कैलाली
३. सुनील यादव, रूपन्देही

१० लाख पाउने प्रहरी :
लक्ष्मण न्यौपाने, बलराम विष्ट, केशव बोहोरा, लक्ष्मण खडका, लोकेन्द्र चन्द, राविहारी थारू, ललित साउद,
जनक नेगी, काशीराम कामी, देवबहादुर पाण्डे र थमनबहादुर विक

उपचार खर्च पाउने घाइते
भुक्तानी भइसकेको :
जाकिर मियाँ तेली (पर्सा), प्रज्वल तिवारी (पर्सा), पन्नालाल यादव (पर्सा), अमिरलाल पाल (पर्सा), विजय यादव (पर्सा), मन्सी राउन पटेल (पर्सा), उपेन्द्र यादव
(पर्सा), सिवेन्द्र महतो (महोत्तरी), शंकर पासवान (महोत्तरी), सुनीलकुमार दास (धनुषा), कामेश्वर पण्डित (धनुषा), लालबाबु पटेल (रौतहट) र रेणुदेवी (रौतहट)

भुक्तानी हुन बाँकी :
सुरेशकुमार यादव (बारा), सन्तोष साह
(महोत्तरी), विटु झा (धनुषा), शेखमनुदिन
(रौतहट), विकासकुमार यादव (धनुषा) र वीरेन्द्र विच्छा (महोत्तरी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !