२२ भाद्र २०८१, शनिबार

पहिरो नहटाउँदा पैदलयात्रा


Butwal-Palpa Road सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा खण्डको हेडबक्स भन्ने स्थानमा गय राति खसेको पहिरो डोजर र एक्जाभेटर लगाएर पहिरो हटाउने प्रयास गरिदै । तस्वीरः भरत के.सी., रासस, बुटवल

११ साउन, पाल्पा । वर्षाले रैनादेवी छहरा गाउँपालिकाको सुन्दरेढुंगादेखि जुठापौवासम्मको सडकमा खसेको पहिरो एक महिना बितिसक्दा पनि नझिक्दा यात्रु पैदल यात्रा गर्न बाध्य छन् ।

वर्षाका बेला सडकमा खसेको पहिरोका कारण स्थानीय बासिन्दालाई गाउँपालिका कार्यालयदेखि जिल्ला सदरमुकाम तानसेनसम्म आवागमनका लागि समस्या भएको हो ।

जुवापौवादेखि नेपानेसम्मको सडकमा पाँच÷सात स्थानमा पहिरो खस्दा यातायात सञ्चालन हुन नसकेको स्थानीय बासिन्दा सोमबहादुर रायमाझीले जानकारी दिनुभयो । सुन्दरेढुंगादेखि जुठापौवा–सालझण्डीसम्म गत आवमा सडक विस्तार गरी बस सञ्चालनमा ल्याए पनि यसपालि पहिरोका कारण असार महिनादेखि नै यात्रुले नेपानेसम्म करीब दुई घण्टासम्म पैदल हिँडेर यात्रा गर्दै आइरहेका छन् ।

“जथाभावी सडक फराकिलो बनाएकाले पहिरो खस्दा यात्रुले समस्या झेलेका छन्, गाउँपालिकाले पहिरो हटाउनुपर्नेमा रमिते भएर बसेको छ,” सोमबहादुर रायमाझी भन्नुभयो,– “बिरामीलाई तानसेन अस्पताल लैजान, र वृद्ध(–बृद्धा तथा बालबालिकालाई आवतजावत गर्न कठिन भएको छ ।,” उक्त गाउँपालिका वडा नं६ मा तीन हजार ४४०, वडा नं ७ मा दुई हजार ४३ र वडा नं ८ मा तीन हजार १६५ जनसंख्या छ ।

गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले भदौ अगाडि नै वर्षा रोकिने बित्तिकै सडकको पहिरो हटाएर यातायातका साधन सञ्चालन गरिने बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !