२६ बैशाख २०८१, बुधबार

तनहुँको घाँसीकुवामा बस पल्टिदा १६ घाइते


bus accident

१३ असार, २०७३:- पोखरादेखि बीरगञ्जतर्फ जाँदै गरेको यात्रुबाहक बस तनहुँको घाँसीकुवा नजिकै सडकछेउमा पल्टिंदा १६ यात्रु घाइते भएका छन् ।

सोमबार बिहान ना ५ क ६४२७ नम्बरको बस पल्टिएको हो । घटनाका घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।

घटनापछि चालकलाइ नियन्त्रणमा लिएर कारवाही थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको छ । तीव्र गतीमा गुडेकोले बस अनियन्त्रित भइ सडक छेउको नालीमा पल्टिएको प्रहरीको अनुमान छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !