७ बैशाख २०८१, शुक्रबार

फेरी अान्दोलनको घोषणा गर्ने : डा.गोविन्द केसि


DR. govinda kc

१२ असार, काठमाडौ:- मेडिकल माफियाकरणविरुद्ध निरन्तर संघर्ष गरिरहेका डा. गोविन्द केसीले फेरि आन्दोलन तयारी गरेका छन्।

माथेमा आयोगको प्रतिवेदनविपरीत सरकारले चोर बाटोबाट मनमोहन प्रतिष्ठान ल्याउन खोजेको, चिकित्सा शिक्षा नीति कार्यान्यनमा नआएको भन्दै केसीले आन्दोलन गर्ने भएका हुन्।

डा. केसीले पुराना सम्झौता कार्यान्वयनमा सरकार उदासी बनेकाले पनि आन्दोलन गर्नुपरेको जनाएका छन्।

आइतबार त्रिवि शिक्षण अस्पतालमा उनले आन्दोलनका कार्यक्रम घोषणा गर्दैछन्। उनले आन्दोलन घोषणा पहिले अनसन बसेको स्थानबाट गर्दैछन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !