७ बैशाख २०८१, शुक्रबार

चितुवाको छालासहित बर्दियामा दुई पक्राउ


leopard-skin

१२ असार २०७३:- बर्दिया, बर्दियाको बबई नगरपालिकाबाट एक थान चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्ला लम्की चुहाँ नगरपालिका–१ बस्ने १९ वर्षीय कमल शाही र सोही ठाउँ निवासी १८ वर्षीय लोकजङ्ग विकलाई प्रहरीले गएराति पक्राउ गरेको प्रहरीले बताएको छ ।

बग्नाहा भुरीगाउँस्थित भुरीगाउँ बजारबाट क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतबाट खटिएको आरआइटीको टोली र इलाका प्रहरी कार्यालय बग्नाहा भुरीगाउँबाट खटिएको संयुक्त प्रहरीको टोलीले चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुईजनालाई इलाका प्रहरी कार्यालय बग्नाहा भुरीगाउँमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !