६ जेष्ठ २०८१, आइतबार

पहिरोले आइतबार बिहान ३ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरुपले अवरुद्ध


muglin

१२ असार, २०७३:- नारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न स्थानमा खसेको पहिरोले आइतबार बिहान ३ बजेदेखि सडक पूर्णरुपले अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार उक्त सडकअन्तर्गत पाँचकिलो, सेती दोभान, गौंडेलगायत स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

अहिले डोजरको सहायतामा पहिरो पन्छाउने काम भइरहेको मुग्लिनस्थित ईलाका प्रहरी कार्यालय चितवनले जनाएको छ । विभिन्न ठाउँमा पहिरो खसेका कारण अवरुद्ध सडक समयमै खुलाउन समय लागेको प्रहरीले जनाएको छ ।

रातिदेखि सडक अवरुद्ध भएपछि सवारीसाधनको लामो लाइन लागेको छ । पूर्व र पश्चिम नेपालबाट चितवन हुँदै काठमाडौं र पोखरालगायत विभिन्न स्थानमा आवतजावत गर्ने सयौं सवारीसाधन र ढुवानी साधनहरु बीचबाटोमै रोकिएका छन् ।

प्रहरीले आउने सवारीलाई मुग्लिन र जाने सवारीलाई भरतपुर, आापटारी र जुगेडी क्षेत्रमा रोकेको छ भने राजधानीबाट जानेलाई कुरिनटारमै रोकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !