२९ माघ २०८२, बिहीबार

सिरिजङ्गा सरोकार समाज नेपालको पहिलो बैठक सम्पन्न


सिरिजङ्गा सरोकार समाज नेपाल

काठमाडौँ । सिरिजङ्गा सरोकार समाज नेपालको पहिलो बैठक सम्पन्न भएको छ । सिरिजङ्गा सरोकार समाज, नेपालको केन्द्रीय कार्यालय, बागबजार काठमाण्डौमा हिजो पुस ५ गते सोमबार पहिलो बैठक सम्पन्न भएको हो ।

यस समाजको गत पौष २६ गते शनिबारका दिन सम्पन्न आठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएपश्चात पहिलो बैठक समाजका अध्यक्ष अधिबक्ता हरिचन्द्र भट्टराईको अध्यक्षतामा हिजो बसेको हो ।

सिरिजङ्गा सरोकार समाजको आठौं साधारणसभा तथा चौथो अधिबेशनले सर्वसम्मत चयन गरेको कार्य विभाजन सहितको कार्य समिति यस्तो छ :-

अध्यक्ष हरिचन्द्र भट्टराई
उपाध्यक्ष प्रेम गुरुङ
उपाध्यक्ष गोपाल भण्डारी
उपाध्यक्ष कमला गौतम
महासचिव बिरेन्द्र कुमार दाहाल
सचिव जीवन बस्नेत
सचिव मिङमा भुटिया
कोषाध्यक्ष पूर्ण बहादुर महत
सदस्य अनिता गुरुङ
सदस्य गंगा दाहाल
सदस्य मिना अधिकारी दाहाल

सिरिजङ्गा सरोकार समाजद्वारा ‘कञ्चनजङ्घा हिरो अवार्ड’ घोषणा

हिजो बसेको बैठकले उक्त अधिवेशन भव्य रुपमा सम्पन्न गर्न सहय‍ोग गर्ने प्रमूख अतिथि पूर्वमन्त्री तथा ताप्लेजुङका आदरणीय नेता योगेश भट्टराई, विशेष अतिथिहरु पूर्वमन्त्री मणि लामा, फुङ्लिङ नगर प्रमुख अमिर मादेन, सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबो, पूर्वडिआईजी चन्द्र प्रकाश गौतम, प्रा डा सुरेन्द्र केसी, अतिथीहरु सिरिजङ्गा गाउँपालिकाकाका निवर्तमान अध्यक्ष टीका गुरुङ, ताप्लेजुङ समाज नेपालका अध्यक्ष रमेश बराल, ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका अध्यक्ष बल बहादुर तामाङ, काठमाण्डौ खेवाङ हातेमालो समाजका अध्यक्ष हरिचन्द्र दाहाल, काम्याक स्कुलका प्रिन्सिपल धनेश्वर राउत, समाजसेवी ध्रुव नारायण श्रेष्ठ, डा. केदार दाहाल, निर्वाचन अधिकृत सरिता अधिकारी लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, समाजका आजीवन र साधारण सदस्यहरु र उपस्थित सम्पूर्ण महानुभावहरुप्रति आभार व्यक्त गर्दै धन्यबाद ज्ञापन गरियो ।

बैठकले समाजका उपाध्यक्ष कमला गौतम संयोजक, पूर्ण बहादुर महत र अनिता गुरुङ सदस्य रहनेगरी कोषवृद्धि उपसमिति गठन गरेको छ । यो उपसमितिले कञ्चनजङ्गा हिरो अवार्ड कार्यक्रमका लागि सहयोगदाता/ चन्दादाताहरुसंग समन्वय गर्ने छ ।

कञ्चनजङ्गा हिरो अवार्ड प्रदान गर्न कार्यविधि तर्जुमाको लागि समाजका अध्यक्ष हरिचन्द्र भट्टराई, सचिव जीवन बस्नेत र सदस्य मिना अधिकारीलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।

आजको बैठकले समाजलाई सल्लाह सुझाव दिन एक सल्लाहकार समिति गठन गरेको छ जसमा निम्न महानुभावहरुलाई मनोनयन गर्ने निर्णय गरियो ।

राम कुमार थेबे
अनन्त थेवे
चन्द्र प्रकाश गौतम
हरिचन्द्र दाहाल
रमेश बराल
बल बहादुर तामाङ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !