१८ असार २०८१, मंगलबार

हातहतियार सहित नेपाल प्रवेश गर्ने :- भारतिय नागरिक प्रक्राउ


hatiyar

१२ असार, २०७१:- महोत्तरी, हतियारसहित नेपाल प्रवेश गरेका भारतीय नागरिक पक्राउ गरेका छन्। भारत सीतामणि घर भएका अनरूल हकत पेस्तोत, ११ राउण्ड गोली, एउटा कटुवा पेस्तोल सहित पक्राउ परेका छन्।

७ जनाको समूहमा नेपाल प्रवेश गरेका उनीहरूमध्ये प्रहरीले २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने अर्का नेपाली छन्। ज ६ प ७७१४ नम्बरको मोटरसाइकलसहित महोत्तरीकै बरूल साह पक्राउ परेका हुन्। उनीहरूलाई जिल्ला प्रहरीको टोलीले आइतबार बिहान पक्राउ गरेको हो। यस्तै पाँच जना फरार रहेको जिल्ला प्रहरी कार्यालयका एसपी जनक भट्टराईले बताए।

एक साताको अवधिमा महोत्तरीबाट हतियारसहित नेपाल भित्रिएका ९ जना पक्राउ परिसकेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !