काठमाडौं । भक्तपुरको ठिमीमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् । सनिप चाम्लिङ राई भन्ने व्यक्तिले आज दिउँसो साढे ३ बजेतिर साढे चार तले पक्की घरको चौथो तलामा कोठाको चुकुल लगाएर आफैंले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रहरीले बताएको छ ।
घटनास्थलमा अहिले प्रहरी वृत्त ठीमीको टोली पुगेकाले विस्तृत विवरण आउन बाँकी रहेको छ । मध्यपुर ठिमी नगरपालिका–६ राईटोल बस्दै आएका ४० वर्षीय राई अविवाहित रहेको प्रहरीले बताएको छ ।













