काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका बुवाको निधन भएको छ । उनका ९५ वर्षीय बुवा कुलबहादुर श्रेष्ठ आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।
उनलाई हृदयघात भएपछि अस्पताल लगिएको थियो । चिकित्सकले बिहान साढे ११ बजे श्रेष्ठलाई मृत घोषणा गरेका थिए। उनकाे आजै दिउँसो पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ ।












