काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको निधन भएको छ। अस्वस्थ भएसँगै आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भइ भेन्टिलेटरमा उपचाररत शाहको सोमबार मध्यान्ह निधन भएको हो।
मुटुमा समस्या देखिएपछि आइतबार बिहान शाह बेहोस भएपछि सिभिल अस्पताल पुर्याइएको थियो । चिकित्सकका अनुसार शाहलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो । उक्त संक्रमण शरीर हुँदै मस्तिष्कसम्मै फैलिएको थियो।
शाहलाई भेट्न आज बिहान मात्रै प्रधानमन्त्री सुशीला कार्की सिभिल पुगेकी थिइन् । उनी आयुर्वेदिक चिकित्सक थिए । रामनारायणका श्रीमती, एक छोरी र दुई छोरा छन् ।












