गोरखा । गोरखाबाट नारयणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । आँबुखैरेनी-गाेरखा सडक खण्डको १२ किलो भन्ने ठाउँमा बस रोकिरहेको थियो ।
आज आइतबार दिउँसो गोरखाबाट यात्रु लिएर नारायणगढतर्फ जाँदै गरेको ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बस रोकिरहेको सडकबाट केही तल खसेको हो।
केही मानिसहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। प्रहरीका अनुसार बसमा करिब २० जना सवार थिए । घाइतेमध्ये एक जनालाई चितवन लगिएको छ भने अन्य घाइतेलाई त्यहीँ स्थानीय अस्पतालमा उपचार गराइएको छ ।












