४ फाल्गुन २०८२, सोमबार

रेडियो-अडियोका सञ्चालक एवं पत्रकार दीपेन्द्र खनियाँ मृत फेला


दीपेन्द्र खनियाँ

काठमाडौँ । रेडियो-अडियोका सञ्चालक एवं पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आज आइतबार दिउँसो काठमाडौं महानगरपालिका-१० बानेश्वरस्थित घरमा उनी मृत फेला परेको जिल्ला परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

उनकाअनुसार खनियाँ झुण्डिएको अवस्थामा फेला परेका हुन् । खनियाँ रेडियो-अडियोका सञ्चालक हुन्। उनी छक्का पन्जा ५ को निर्मातासमेत थिए।

खनियाँ उक्त घरमा आफ्नो परिवारसँग बस्दै आएका थिए। उनका श्रीमती र एक छोरी छन् । पत्नी शिखासहित सञ्चालन हुने कार्यक्रम खुलदुली डटकम निकै मन पराइएका थिए ।

उनी मृत भेटिएकै घरमा रेडियो अडियोको कार्यालय थियो। खनियाँले केही महिनाअघि मात्रै उक्त घर बिक्री गरे पनि उनीहरू त्यहीँ बस्दै आएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !