२ फाल्गुन २०८२, शनिबार

कुलमानले ढाँटेको भन्दै बञ्चरेडाँडाका स्थानीयले भोलिदेखि फोहोर रोक्ने


कुलमान घिसिङ

काठमाडौं । सरकारले फेरि पनि धोका दिएको भन्दै बञ्चरेडाँडा ल्यान्ड फिल साइट प्रभावित स्थानीयले फोहोर विसर्जन पुन: रोक्ने भएका छन् । प्रभावित क्षेत्र बञ्चरेडाँडा र सिसडोलको बीचमा पर्ने धारेमा मंगलबार पत्रकार सम्मेलन गर्दै स्थानीयले बुधबारदेखि फोहोर विसर्जन रोक्ने घोषणा गरेका हुन् ।

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटका स्थानीयले फेरि अवरोध गर्ने घोषणा गरेका हुन् । सहरी विकास मन्त्री कुलमान घिसिङको प्रतिबद्धता जनाएपनि माग पूरा नभएको भन्दै बञ्चरेडाँडाका स्थानीय बासिन्दाले बुधवारदेखि फोहोर विसर्जनमा पूर्ण रूपमा रोक लगाउने घोषणा गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !