काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्या’क भएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्या’क भएको पुष्टि गरे ।
विभागका महानिर्देशक नमराज घिमिरेले केही समस्या देखिएको र अहिले समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको बताए । अहिले उक्त साइट खुल्दैन ।
कसले कहाँबाट ह्याक गर्यो भन्ने अनुसन्धानकै क्रममा रहेको प्रवक्ता काफ्लेले बताए । सुरुमा विभागको वेबसाइट खोल्दा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको सूचना देखिएकोमा अहिले भने त्यो देखिँदैन ।
हालै निर्वाचन आयोगले मतदाता नामावली संकलनको क्रममा राष्ट्रिय परिचयपत्रको विवरणसँग जोडिएको थियो । तर ह्याक भएको यो साइटमा भने राष्ट्रिय परिचयपत्रका कुनै पनि विवरणहरु नभएको कर्मचारीहरुले बताएका छन् ।












