६ फाल्गुन २०८२, बुधबार

जाँचबुझ द्वारा ‘जेनजी’ प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान शुरुवात


गौरीबहादुर कार्की

काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान लिन शुरुवात गरेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले फिल्डमा खटिएका प्रहरीलाई बयानका निम्ति पत्राचार गरेको हो ।

गएको भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौंमा १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट भदौ २४ गते प्रदर्शनकारीले संसद् भवन, सिंहदबारमा आगजनी गरेका थिए । प्रहरी कार्यालयमा पनि आगजनी गरिएको थियो ।

प्रदर्शनपछिको अन्तरिम सरकारले घटनाबारे जाँचबुझ गर्न आयोग बनाएको हो । हिजो बुधबार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिएको थियो । फिल्डमा खटिएका अधिकृतलाई बिहीबार बयान दिन बोलाइएको एक प्रहरी अधिकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !