४ फाल्गुन २०८२, सोमबार

नेपाल आइपुग्यो विपिन जोशीको शव


नेपाल आइपुग्यो विपिन जोशीको शव

काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ । फ्लाइ दुबईको विमानबाट विपिनको शव आज सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका छन् । उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।

नेपाली सेनाको स्काईट्रकले विपिनको शव धनगढी पुर्याइने बताइएको छ । हमासले बन्धक बनाएको अवस्थामा मारिएका नेपाली युवक विपिन जोशीको शव उनी कब्जामा परेको २ वर्ष १३ दिनपछि नेपाल आइपुगेको छ ।

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !