गाजा । हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । एक विज्ञप्ति जारी गर्दै हमासको सशस्त्र शाख कसम ब्रिगेड्सले मृतक बन्दीहरू गाय इलुज, योसी शाराबी, बिपिन जोशी र ड्यानियल पेरेजको रूपमा पहिचान गरेको हो ।
हमासको सैन्य एकाइले आज चार जनाको शव इजरेललाई हस्तान्तरण गरिने र त्यसमा एक जना विपिन जोशी पनि रहेको बताएको छ। अल-कसम ब्रिगेड्सले आज सोमबार चार इजरायली बन्दीका शव हस्तान्तरण गर्ने घोषणा गरेको छ । विज्ञप्तिमा उनीहरूको शव आजै हस्तान्तरण गरिने उल्लेख छ ।
सोमवार बिहान मात्र इजरेलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरेली सेनाले नेपाली विद्यार्थी जोशी जीवित रहेको प्रमाण नभेटेको पनि जानकारी गराएको बताएका थिए।












