४ फाल्गुन २०८२, सोमबार

इजरायली सेनाले भन्यो– विपीन जोशी जीवित छैनन्


विपिन जोशी

काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।

ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएकोहो ।

राजदूत पण्डितका अनुसार जोशीको शवको अवस्था समेत अज्ञात बताएका छन् । उनका अनुसार अहिलेसम्म जोशीको शवको अवस्थाबारे पनि जानकारी नभएको बताएका हुन् ।

राजदूत पण्डितका आज बेलुकीसम्म केही मृतकको शव हमासले बुझाउने जानकारी प्राप्त भएको बताएका छन् । बाँकी शवको संयुक्त टास्क फोर्सले आगामी दिनमा खोजी गर्ने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !