काठमाडौं । इजरायलको प्रधानमन्त्री कार्यालयले हमासले बन्धक बनाएका नेपाली युवा विपीन जोशी जीवित रहेको प्रमाण नभेटिएको जनाएको छ ।
इजरायलको प्रधानमन्त्रीका सल्लाहकार जनरल गल हिर्शले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई विपीन जीवित रहेको प्रमाण आफूहरूसँग नरहेको जानकारी गराएका हुन् । प्यालेस्टिनी कट्टरपन्थी समूह हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा विपीनलाई पनि बन्धक बनाएर लगेको थियो ।












