५ फाल्गुन २०८२, मंगलबार

ह्याम्स अस्पताल पुगेर पूर्वराजा ज्ञानेन्द्रले गराए स्वास्थ्य परीक्षण


ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य परीक्षण गराएका छन् । उनी आइतबार परिवारसहित धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका हुन् ।

अस्पताल स्रोतका अनुसार पूर्वराजा शाहको प्रोस्टेट बायोप्सीको परीक्षण गरिएको हो । उक्त परीक्षणको रिपोर्ट ५ दिन पछि आउनेछ । उमेर बढ्दै जाँदा अरु ग्रन्थी झैं यो पनि बढ्न थाल्ने भएकोले अस्वभाविक रुपमा बढ्न थालेमा मुत्राशयको समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !