४ फाल्गुन २०८२, सोमबार

सञ्चालनमा आयो नारायणगढ मुग्लिन सडकखण्ड


मुग्लिन–नारायणगढ सडक

भरतपुर । नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खसेर अवरुद्ध सडक संचालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा आज साँझ ७ः३० बजेतिर माथिबाट लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको सडक मंगलबार राति ८:३० बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार सडक अवरुद्ध भएको सूचना पाउनबित्तिकै डिभिजनको टोली मेसिनसहित पहिरोस्थलमा पुगेपछि लेदो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।

सडक खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सडक डिभिजन भरतपुरले यातायात सुचारु भएपछि सबै चालक र यात्रुहरूलाई संयमित भएर लेन अनुशासन पालना गर्न आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !