काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले काठमाडौं–मुग्लिन यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को जवाङखोलामा आज बिहान खसेको सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।
प्रशासनका अनुसार, वैकल्पिक मार्गका रूपमा गोरखा, लम्जुङ पोखरातर्फ जाने साना तथा मझौला सवारीसाधनले मलेखु–धादिङबेँसी–आरूघाट मध्यपहाडी राजमार्ग, गोरखा बजार हुँदै आँबुखैरेनी, मध्य पहाडी राजमार्ग हुँदै डुम्रेको सडक प्रयोग गर्न सक्नेछन् ।
आज मंगलबार बिहान ९:४५ बजे निकालिएको सूचनाअनुसार, पहिरो पन्छाउन करिब पाँच घण्टा लाग्ने अनुमान गरिएको छ ।













