काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले यो निर्णय गरेको हो।
हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ । शाक्यलाई यसअघि पनि ऊर्जा आयोगमै पठाइएको थियो।
सिलवाल प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक हुन् । सिलवाल प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा उनका नजिकका सहयोगी मानिन्छन् । सिलवालको कार्यावधि ४ वर्षको रहने छ।
गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर शाक्यलाई सो पदमा नियुक्त गरेको पाँच महिनापछि ऊर्जामन्त्री बनेका घिसिङले शाक्यलाई सरुवा गरी सो पदमा सिलवाललाई नियुक्ति दिलाएका हुन् ।












