३ फाल्गुन २०८२, आइतबार

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सडकमा उत्रिए पत्रकार


उत्रिए पत्रकार

काठमाडौं । वर्तमान नेपाल सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध गरेकोविरुद्ध पत्रकारहरु सडकमा उत्रिएका छन् । आज आइतबार सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध पत्रकारले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरे ।

उनीहरूले ह्यासट्याग ‘नो ब्यान’, ‘अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार’, ‘जनताको आवाज बन्द गर्न पाइँदैन’, ‘लोकतन्त्र ह्याक हुँदै छ, निरंकुशता ब्याक हुँदै छ’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् । यस्तै उनीहरूले ‘ सञ्जाल बन्द, आवाज बन्द’, जनताको मुख थुन्न पाइँदैन,’ अभिव्‍यक्ति स्वतन्त्रता हाम्रो अधिकारलगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा विभिन्न मिडियामा आबद्धलगायत सञ्चारकर्मी सहभागी थिए । पत्रकार महासंघका पूर्वपदाधिकारी एवं सदस्यले यसअघि संयुक्त विज्ञप्ति जारी गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !