४ फाल्गुन २०८२, सोमबार

चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न अदालतको आदेश


चक्रे मिलन

काठमाडौं । काठमाडौं जिल्ला अदालतले चक्रे मिलन भनिने मिलन गुरुङलाई ३० हजार धरौटीमा छोड्ने आदेश गरेको छ । अदालतले गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई नै धरौटीमा छाड्ने आदेश दिएको हो । उनीसँगै पक्राउ परेका राजेश भनिने रोजेश खड्कालाई पनि ३० हजार नै धरौटी हुने आदेश भएको छ ।

त्यस्तै, गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामाले अदालतमा कसुरमा इन्कारी बयान दिए पनि कसुरदार भएकै कारण २० हजार धरौटीमा छोड्न आदेश गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !