![Nepalpatra](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/05/No-image.jpg?fit=790%2C490&ssl=1)
२७ असार, काठमाडौँ । कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक अब्दुल्लाह मियाँ र गोरखापत्र दैनिकको धनकुटा समाचारदाता कोकिला भण्डारीलाई यस वर्षको ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।
मियाँ र भण्डारीले सामुदायिक वन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै सो पुरस्कार प्रदान गर्न लागिएको हो ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन विभागले प्रदान गर्ने सो पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । उक्त पुरस्कार सामुदायिक वन दिवसको अवसरमा आगामी साउन २५ गते प्रदान गरिने विभागले जनाएको छ ।(रासस)