२ फाल्गुन २०८२, शनिबार

जुम्लामा भिरबाट लडेर युवकको मृत्यु


मृत

जुम्ला । भिरबाट लडेर तिला गाउँपालिका–६ सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रावतको मृत्यु भएको छ । उक्त वडाका वडाध्यक्ष जङ्गबहादुर रोकायाका अनुसार दाउरा काट्न जङ्गल गएका निजको आज बिहान लडेर मृत्यु भएको हो ।

अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी गर्दा भिरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी असिम हमालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !