३ फाल्गुन २०८२, आइतबार

प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दज्र्यानी चिन्ह प्रदान


प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दज्र्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका रवीन्द्र खत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले यही असार १३ गते बढुवा भएका उपरथी खत्रीलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पदोन्नतिसँगै उपरथी खत्रीलाई उपत्यका पृतनापतिको जिम्मेवारी दिइएको छ । यसअघि उनले उपत्यका पृतनामा निमित्त पृतनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !