१ फाल्गुन २०८२, शुक्रबार

उत्कृष्ट १० भित्र पर्न सफल भएकोमा नेपाल पूर्व सशस्त्र प्रहरी संघले दियो दुलाललाई बधाई


आयुष दुलाल

काठमाडौं । ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल भएकोमा नेपाल पूर्व सशस्त्र प्रहरी संघले हिजो मंगलबार आयुष दुलाललाई बधाई दिएको छ ।

नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष एवं अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण बाबु थापाले दुलाललाई दोसल्ला ओढाएर सम्मान गर्नुका बधाई दिएका हुन् ।

‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ विजेता दुलाल फिलिपिन्समा गत मे २३ देखि ३१ सम्म आयोजना भएको ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगितामा कुल २७ देशहरूले भाग लिएकोमा उनी उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए ।

नेपाल पूर्व सशस्त्र प्रहरी संघका सन्ततीले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भई उत्कृष्ट १० भित्र पर्न सफल भएकोमा खुशी व्यक्त गरेका थिए । दुलालले मिस्टर नेपाल-२०२४ प्रतियोगितामा सहभागी भई ‘म्यान अफ द वर्ल्ड नेपाल-२०२५ एण्ड बेस्ट पर्सनालिटी प्राप्त गरेका थिए ।

 आयुष दुलाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !