४ श्रावण २०८२, आइतबार

६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोका फेरि पक्राउ


अमला रोका

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएपनि अमला रोका फेरि पक्राउ परेकी छन् ।

६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आज आदेश दिएको थियो । अदालतको आदेशअनुसार २ लाख धरौटी बुझाएर रिहा भएपनि लगत्तै पक्राउ परेकी हुन् ।

सम्पत्ति शुद्धीकरण मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

सिआइबीले उनलाई गत शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो। डेढ वर्षभन्दा लामो समयदेखि फरार रहेकी उनलाई सिआइबीले पक्राउ गरी आइतबार अदालतमा पेस गरेको थियो।

सोमबारसम्म चलेको थुनछेक बहसपछि न्यायाधीश लम्सालले धरौटी माग गरेका थिए। रोक्का ठमेलमा रहेको भियना होटलका सञ्चालक समेत हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !