२ फाल्गुन २०८२, शनिबार

अमेरिकाले ‘डिपोर्ट’ गरेका ३७ नेपाली काठमाडौं आइपुगे


अमेरिकाले ‘डिपोर्ट’ गरेका ३७ नेपाली काठमाडौं आइपुगे

काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’ गरेका ३७ जना नेपाली काठमाडौं आइपुगेका छन् । आज आइतबार साँझ उनीहरू काठमाडौं आइपुगेका हुन् । अवैध रूपमा अमेरिका पुगेका उनीहरुलाई अमेरिकाले डिपोर्ट गरेको हो ।

उनीहरू चार्टर्ड विमानमार्फत आज साँझ भुवन विमानस्थलमा अवतरण भएका हुन् । अमेरिकाबाट ३२ जना पुरुष र ५ जना महिला काठमाडौँ आइपुगेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय स्रोतले बताएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । राष्ट्रपति ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् ।

यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो । आइतबार आएकाहरूसँगै ट्रम्पले शासन सम्हालेपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको सङ्ख्या १६३ जना पुगेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी अध्यागमन तथा भन्सारसम्बन्धी कानुन कार्यान्वयन गर्ने निकाय (आईसीई)को चार्टर्ड विमानमा उनीहरू काठमाडौं आएको जनाएको छ ।

यति ठूलो संख्यामा नेपालीलाई एकैपटक डिपोर्ट गरी अमेरिकाले पठाएको यो पहिलोपटक हो । अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !