९ फाल्गुन २०८२, शनिबार

काठमाडौंका नगरप्रहरी प्रमुख राजु पाण्डे निलम्बित


राजु पाण्डे

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् ।

यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको हो ।

पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको छ । अब पाण्डेलाई जिम्मेवारीबाटै हटाउन प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिका बैठकमा सिफारिस गर्नुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !