३ फाल्गुन २०८२, आइतबार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो


पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

निगमले पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँले बढाइएको छ । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

हवाई इन्धनको मूल्य भने केही घटाइएको छ । निगमले उपलब्ध गराएको विवरण अनुसार, आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

यस्तो छ हेर्नुहोस् पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

पेट्रोलियम पदार्थ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !