
काठमाडौँ । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्याउने रोशनी शाही मृत फेला परेकी छन् । उनी आज आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया शाही मृत अवस्थामा फेला परेकी हुन् । बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् ।
भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले बताएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको छ ।