काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
केही समयअघिदेखि अख्तियारको अनुसन्धान अधिकारीको टीमले त्यहाँ छापा मारिरहेको विमानस्थल स्रोतले नेपालपत्रलाई जनाएको छ ।
अध्यागमनको अनियमितता तथा सेटिङको सूचना र उजुरीको आधारमा अख्तियारको टोलीले रेड हानेको हो । आजमात्रै गृहमन्त्री रमेश लेखकले यहाँका प्रमुख हेरफेर गरेका थिए । अख्तियारको छापाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।












