२ फाल्गुन २०८२, शनिबार

चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान घाइते


मौसम

दोधारा चाँदनी, कञ्चनपुर । चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी घर फर्कने क्रममा चट्याङ लागेर आज बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका बताए । रानाको धनगढीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !