काठमाडौं । काठमाडौँको तीनकुनेमा गत भएको राजावादी समूहको आन्दोलनमा संलग्न रहेको आरोपमा एनी कुँवर पक्राउ परेकी छन् । उक्त घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले कुँवरलाई आज पक्राउ गरेको हो ।
उनी पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । कुँवरले पत्रकार रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् । अरुको घरमा अनाधिकृत रुपमा प्रवेश गरेको आरोप समेत उनीमाथि प्रहरीले लगाएको छ ।












