
काठमाडौं । सरकारले तीनकुने घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई १०/१० लाख रुपैयाँ दिने भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट तीनकुने घटनाका मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय भएको हो ।
उक्त घटनामा मृतक पत्रकार सुरेश रजक र कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको परिवारलाई १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार रजकको आगोमा जलेर र कीर्तिपुरका महर्जनको गोली लागेर ज्यान गएको थियो ।