
काठमाडौं । सरकारले भोलि चैत १८ गते सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इदको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”
इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाड हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ।
रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।