२० चैत्र २०८१, बुधबार

पाथीभरा केबलकारको काम रोक्न सर्वोच्चको आदेश


पाथीभरा केबलकार

काठमाडौं । सर्वोच्च अदालतले पाथीभरा केबलकारको काम रोक्न आदेश दिएको छ । सर्वोच्चले पाथीभरामा केबलकार निर्माणसम्बन्धी काम कारवाहीलाई तत्कालको लागि यथास्थितिमा राख्न आदेश दिएको छ ।

सर्वोच्चले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अन्तरिम आदेश दिन पर्ने वा नपर्नेबारे चैत २६ मा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश समेत जारी भएको छ । चैत १३ गते न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले दिएको आदेश आज आइतवार सार्वजनिक भएको हो ।

यामबहादुर लिम्बु लगायतले पाथिभरामा केवलकार निर्माण गर्न नहुने भन्दै निर्माणको निर्णय र त्यससँग सम्बन्धित सबै काम बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु