
काठमाडौँ । राजावादीको प्रदर्शनमा गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । काठमाडौँको किर्तिपुर घर भएका २९ वर्षीय सविन महर्जनको गोली लागेर मृत्यु भएको गृह मन्त्रालयमा जारी पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
काठमाडौँको तीनकुनेमा भएको राजसंस्था पक्षधर र प्रहरीबीचको झडपमा उनको मृत्यु भएको हो । शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
आन्दोलनमा तीन जना गम्भीर घाइते भएकोमा महर्जनको मृत्यु भएको हो । तीनकुनेमा भएको राजसंस्था पक्षधरको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । अहिले तीनकुनेलगायत आसपासका कर्फ्यु लगाइएको छ ।