
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गर्दै शाक्यलाई नियुक्त गरेको हो । कार्यकारी निर्देशक घिसिङलाई सरकारले पटक-पटक स्पष्टीकरण सोध्दै आएको थियो ।
शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भइसकेतापनि उनलाई हटाएर कुलमानलाई नै कार्यकारी निर्देशक बनाइएको थियो । उनी प्रसारणलाइन व्यवस्थापनका विज्ञ हुन् ।
यो पनि पढ्नुहोस्