१४ चैत्र २०८१, बिहीबार

कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय


कुलमान घिसिङ फाइल फोटो

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको हो ।

घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटकपटक स्पष्टीकरण सोधेको थियो । पाँचौँपटक घिसिङले केही दिनअघि मात्रै स्पष्टीकरण दिएका थिए ।

९ महिनासम्म सरकारले पटकपटक स्पष्टीकरण लिएपछि अन्ततः कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट मुक्त गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !