१६ बैशाख २०८२, मंगलबार

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिह्न प्रदान


प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उपरथीमा विशेष पदोन्नति भएका सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सोही कार्यक्रममा प्राविधिक सहायक रथीमा पदोन्नति हुनुभएका प्राविधिक महासेनानी मुकेश बाटाजुलाई सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरे । त्यस अवसरमा रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !