१४ बैशाख २०८२, आइतबार

काठमाडौंका मुख्य पाँच स्थान दुई महिनाका लागि निषेधाज्ञा जारी


जिल्ला प्रशासन कार्यालय काठमाडौं

काठमाडौं । काठमाडौं जिल्लाका केही क्षेत्रहरुमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गत शनिबार आदेश जारी गर्दै हिजो फागुन २५ आइतबारदेखि लागू हुने गरी दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको हो ।

राष्ट्रपति कार्यालय क्षेत्र र उपराष्ट्रपति कार्यालय क्षेत्र, सिंहदरबार कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार कार्यालय र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच वटा क्षेत्रलाई आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीले जानकारी दिए ।

निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

यस्तो छ हेर्नुहोस् जारी भएको निषेधाज्ञा

यस्तो छ हेर्नुहोस् जारी भएको निषेधाज्ञा यस्तो छ हेर्नुहोस् जारी भएको निषेधाज्ञा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !